गुल्मीको प्रदेशसभामा एमालेको अग्रता

शुक्रबार, मंसिर ९, २०७९

गुल्मी - गुल्मी प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा ३१७९ मतगणना गर्दा एमालेको अग्रता रहेको छ । 

नेकपा एमालेका डिल्लीराज भुसालले १६३४ मत पाएका छन् । सत्ता गठबन्धनका भुवन प्रसाद श्रेष्ठले १४९९ मत पाएका छन् । भुसालले १३५ मतको अग्रता कायम गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०६
प्रतिक्रिया दिनुहोस्