मुगुमा भोली मात्रै मतगणना हुने

बिहीबार, मंसिर ८, २०७९

मुगु–१ प्रतिनिधिसभा र २ प्रदेशसभा क्षेत्र रहेको मुगुमा मङ्गलबारबाट मात्रै मतगणना सुरु हुने भएको छ । भौगोलिक विकटता र २–३ दिनको पैदल यात्रा पछि मात्रै मतपेटिका सदरमुकाम गमगढी आइपुग्ने भएकाले मतगणनामा ढिलाइ हुने भएको हो ।

 


आइतबार मतदान प्रक्रिया सकिए लगत्तै छायानाथ रारा नगरपालिकाभित्रका मतपेटिका आइपुगेका भए पनि अन्य गाउपालिका सोरु, खत्याड र मुगुमकार्मारोङ गाउँपालिकाका मतपेटिका मङ्लबार बिहानसम आउने पुग्नेछ ।

 


२८ वटा मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको र अझै ३८ मतदानकेन्द्रका मतपेटिका आउन बाँकी रहेकाले मतगणना मङ्लबारबाट मात्रै हुने मुख्य निर्वाचन अधिकृत दिलकुमार बर्देवाले जानकारी गराए ।

 


हेलिकप्टरबाट मतपेटिका ढुवानीका लागि सम्बन्धित निकायमा कुरा राखे पनि हुम्ला, डोल्पामा जानुपर्ने र मुगुमा हेलिकप्टर आउने सम्भावना नदेखिएपछि पदैलबाटै मतपेटिका ल्याउने भएकाले समयमै मतगणना नभएको मुख्य निर्वाचन अधिकृतको भनाइ रहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:५८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार