कास्की २ मा घण्टीले लियाे अग्रता

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ – पोखरा १५ कोलपाटको मतपेटिकाबाट कास्की क्षेत्र नंं २ को मतगणना सुरु भएको छ । प्रतिनिधिसभाको चुनाव तर्फका ४ सय मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता लिएका छन् । 


उनले अहिलेसम्म १ सय २३ मत प्राप्त गरेका छन् । त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्वणराज पन्तले ६८ मत प्राप्त गरेका छन् ।  अहिले कोलपाटन केन्द्रको ५ सय ४१ मतको गणना भैरहेको छ ।

 

त्यसै गरी कास्की २ क मा प्रदेश सभा सदस्यका लागि राप्रपाले अग्रता लिएको छ । राष्टिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबाबु भण्डारीले अग्रता लिइरहेका छन् । ५ सय ४१ मत गणना हुदा १ सय ९९ मत प्राप्त गरेका छन् ।

 

त्यसै गरी नेकपा एमालेका भीम कार्कीले १ सय ४५, नेकपा माओवादीका विश्वप्रकास लामिछानेले १ सय ५ मत, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले ५५ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ४९ हजार ५ सय ९६ मत खसेको थियो । कास्की क्षेत्र नम्बर १ र ३ को मतगणना आज बिहान सर्वदलिय बैठकपछि सुरु हुने प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:५७
प्रतिक्रिया दिनुहोस्