एमाले बुढानीलकण्ठका नगर अध्यक्ष पैसा बाड्दै गरेको अवस्थामा पक्राउ

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ– काठमाडौँ– ५ बाट नेकपा एमालेका उम्मेदवार इश्वर पोखरेल निकट केही व्यक्तिले मौन अवधिको समयमा पैसा बाडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । बुढानीकलण्ठ नगरपालिका ६ स्थित एक घरमा पैसा बाँडिरहेको अवस्थामा एमालेनिकट व्यक्ति पक्राउ परेका हुन् ।

स्रोतका अनुसार, एमाले बुढानीलकण्ठ नगरपालिकाका नगर अध्यक्ष र बुढानीकलण्ठ नगरपालिका ७ का वडाअध्यक्षबीच पैसा लेनदेन भएको सुराकीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:५६
प्रतिक्रिया दिनुहोस्