गोरखामा एमाले उम्मेदवारको प्रचार टोलीमाथि आक्रमण

आइतबार, मंसिर ४, २०७९
गोरखा–गोरखा–२ का एमाले उम्मेदवार अब्दुस मियाँको चुनाव प्रचार टोलीमाथि आक्रमण भएको छ । आइतबार राति पालुङटार नगरपालिका–६ च्याङलीस्थित एक होटलमा बसिरहेका प्रचार टोलीलाई एक समूहले आक्रमण गरेको हो । आक्रमणबाट नेकपा (एमाले)का गण्डकी प्रदेश सचिवालय सदस्य हरि काफ्ले घाइते भएका छन् । उनको टाउकोमा ७ वटा टाँका लगाइएको छ । आक्रमणमा संलग्न तनहुँका अजित पन्त र राम सापकोटालाई प्रहरीेले पक्राउ गरेको छ । घटनमा संलग्न थप २ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए । आफूहरूको टोलीमाथि सुनयोजित तवरले आक्रमण भएको उम्मेदवारसमेत रहेका मियाँले दावी गरे । उनले भने,‘दीपक तामाङ भन्ने मान्छे को हो भन्दै हाम्रा साथीहरूमाथि होटलमा खाना खाइरहेका बेला आक्रमण भयो ।’ छुट्याउने क्रममा सचिवालय सदस्य काफ्ले घाइते भएका हुन । ‘आक्रमण गर्नेहरूसँग हाम्रो चिनजान र परिचय छैन । हाम्रो प्रचार टोलीललाई जोगिएर हिँड्नु भनेर थ्रेट कल आइरहेको थियो । त्यसैले हामीले सुनियोजित तवरले आक्रमण भएको बुझेका छौँ,’ उनले भने ।  
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  ०२:५२
प्रतिक्रिया दिनुहोस्