कैलालीमा गठबन्धनका उम्मेदवारको गाडी तोडफोड

आइतबार, मंसिर ४, २०७९
धनगढी–कैलालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा तोडफोड भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर–३ प्रदेशसभा क्षेत्र ‘ख’ सत्तारुढ–गठबन्धनका उम्मेदवार अमर बहादुर साउदको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा अज्ञात समूहले तोडफोड गरेको छ । आइतबार घरदैलोका क्रममा वडा नम्बर ५ को भगड्डीम गाउँमा रोकी राखेको गाडीमाथि तोडफोड भएको हो । तोडफोडबाट से १ च १५९० नम्बरको गाडीको पछाडिको भागको सिसा फुटेको छ । चुनावी प्रचारमा गाउँमा गएका बेला रोकी राखेको गाडीमा कसले तोडफोड गरेको हो भन्ने पचिहान हुन सकेको छैन । गाडी तोडफोड गर्ने व्यक्तिको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।  
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  ०२:५१
प्रतिक्रिया दिनुहोस्