पाकिस्तानी फुटबल टोली नेपाल आइपुग्यो

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं– नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी फुटबल टोली नेपाल आइपुगेको छ । टोली सोमबार बिहान आइपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । पाकिस्तान फिफाको निलम्बन फुकुवापछि खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । बुधबार नेपालविरुद्ध हुने अन्तर्राष्ट्रिय फुटबलका लागि हसन वासिरको कप्तानीमा २४ सदस्यीय टोली नेपाल आइपुगेको हो । नेपाल र पाकिस्तानबीचको खेल बुधबार साँझ ५ बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सुरु हुनेछ । यसका लागि नेपालले कप्तान तथा गोलकिपर किरण चेम्जोङको अनुपस्थितिमा रोहित चन्दको कप्तानीमा टिम घोषणा गरिसकेको छ । एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ । टिकट काटेर हेर्ने एक भाग्यशाली दर्शकले कतारमा आयोजना हुने फिफा विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट पाउने जनाएको छ । विजेता गोलाप्रथाद्वारा छनोट गरिने एन्फाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार