चितवन र सिन्धुलीमम आज ओलीको चुनावी सभा

आइतबार, मंसिर ४, २०७९
काठमाडौँ–प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रचारप्रसारमा देश दौडाहामा छन् । पार्टी विभाजन पछि क्षति कम गर्न दसौं महाधिवेशन लगत्तैबाट एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका थिए । पूर्वप्रधानमन्त्री ओलीले आज चितवन र सिन्धुलीको दुधौलीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ । चितवनको कार्यक्रमलाई सम्बोधन गरेर सिन्धुली जाने एमाले सचिवालयले जनाएको छ । ओलीले आइतबार कर्णालीका कालीकोट, दैलेख र सुर्खेतमा त्यसैगरी, शनिबार सुदूरपश्चिमका डोटी र कैलालीका तीनवटा चुनावी सभालाई सम्बोधन गरेका थिए । एमालेमाथि चौतर्फी प्रहार भएको भन्दै उनी जिल्लाका चुनावी सभामा पुगेका हुन् । ओलीले देशको राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको रक्षा गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न नेकपा (एमाले) लाई मतदात गरी विजयी बनाउन आग्रह गर्दै आएका छन् । एमालेविरुद्ध सत्तारुढ दलले गठबन्धन गरेका छन्। प्रतिपक्षमा रहेको एमालेले केहि स्थानमा जसपा र राप्रपासँग तालमेल गरेको छ । निर्वाचन आउन अब ६ दिन मात्र बाँकी रहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  ०२:५१
प्रतिक्रिया दिनुहोस्