कानुन नबन्दा ७ लाख नागरिक नागरिकता पाउनबाट बञ्चित : निधि

आइतबार, मंसिर ४, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नागरिकतासम्बन्धी कानुन नबन्दा ७ लाख नागरिक नागरिकता पाउनबाट बञ्चित रहेको बताएका छन् । उनले सप्तरीमा आयोजित कार्यक्रममा यस्तो बताएको हो ।

उनले मंसिर ४ पछि बन्ने सरकारको पहिलो काम नागरिकतासम्बन्धी कानुन बनाउनु रहेको बताए।

‘एमालेको अवरोधका कारण नागरिकतासम्बन्धी कानुन बनाउन सकिएन। अब बन्ने नयाँ सरकारले नागरिकतासम्बन्धी कानुन बनाउँछ,’ निधिले भने, ‘नागरिकतासम्बन्धी कानुन नबन्दा ७ लाख नेपालीले नागरिकता पाएका छैनन्। उनीहरू समस्यामा छन्।’

उनले नागरिकतासम्बन्धी विधेयक संसदबाट पास गराई राष्ट्रपतिले अनुमोदन गरेपछि लागु गरिने पनि बताएका छन्। अहिलेको सरकारले नागरिकतासम्बन्धी विधेयक दुई पटकसम्म संसदबाट पास गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन भएको थिएन।

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  ०२:५१
प्रतिक्रिया दिनुहोस्