यस्ता छन् कतारमा आयोजना हुने विश्वकप खेलाउने रङ्गशाला

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ- ३ सातापछि सुरु हुने २२ औँ विश्वकप फुटबलका खेलहरू कतारका ५ सहरका ८ वटा रङ्गशालामा आयोजना हुँदै छ। यीमध्ये कतारले ७ वटा रङ्गशाला विश्वकपकै लागि तयार गरिएका हुन्।

दोहास्थित खालिफा इन्टरनेशनल स्टेडियम रङ्गशाला भने सन् १९७६ मा निर्माण भएको हो। ४० हजार दर्शक क्षमताको खालिफासहित एजुकेसन सिटी स्टेडियम र अल थुमामा स्टेडियम सबै दोहामा अवस्थित छन्।

यी सबैको दर्शक क्षमता पनि ४० हजार रहेको छ। लुसाइलस्थित लुसाइल स्टेडियम कतार विश्वकप आयोजना हुने सबैभन्दा ठुलो रङ्गशाला हो। यो रङ्गशालाको दर्शक क्षमता ८० हजार रहेको छ। यही रङ्गशालामा प्रतियोगिताको फाइनल हुने छ।

कतारले ५ वटा सहरमा निर्माण गरेको ८ वटा रङ्शालामा खेलहरु खेलाउँदै छन् ।

यी रङ्गशाला निर्माण गर्दा ६५ सय कमदारको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यहरुले जनाएको छ । कामदारको मृत्युमा कतार सरकार गैर जिम्मेवार भएको आरोप लगाउँदै खेलाडी तथा अन्तराष्ट्रिय समुदाय र सञ्चारमाध्यमहरुले समेत आलोचना गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०४
प्रतिक्रिया दिनुहोस्