साफ यू–१५ : आज नेपाल र भुटान खेल्दै

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ–साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले बुधबार तेस्रो खेलमा भुटानसँग खेल्दैछ । ढाकामा हुने नेपाल र भुटानबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । खेलमा नेपाल लगातार तेस्रो जित निकाल्दै उपाधि नजिक हुने योजनामा छ । यता भुटान प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा छ । भुटान पहिलो खेलमा नेपालसँग ७–० गोल अन्तरले हारेको थियो । नेपालले दोस्रो खेलमा आयोजक बंगलादेशलाई १–० ले हराएको थियो । नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थान रहेको छ । भुटान अंक विहीन रहँदै पुछारमा छ । नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्नेछ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:५६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार