‘ए’ डिभिजन लिग फुटबल पुस २६ गतेदेखि

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ–शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल पुस २६ गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले डबल लिगका आधारमा हुने ‘ए’ डिभिजन लिग आउँदो पुस २६ गतेदेखि जेठ २० गतेसम्म हुने जनाएको छ । यस्तै एन्फाले क्लबलाई उपलब्ध गराउँदै आएको तयारी खर्चमा १० लाख रुपैयाले वृद्धि गरेको छ । एन्फाले अब लिगको तयारीका लागि ‘ए’ डिभिजनका हरेक क्लबलाई ३२ लाख ५० हजार रुपैया उपलब्ध गराउने छ । क्लबको तयारी खर्च बढाए पनि पुरस्कार रकम यथावत् छ । लिगको विजेताले ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैया पाउनेछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:२३
प्रतिक्रिया दिनुहोस्