प्रतिगमनको खतरा अझै टरेको छैनः शिक्षामन्त्री पौडेल

बिहीबार, मंसिर १, २०७९
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिगमनको खतरा अझै नटरेको बताएका छन्। बागलुङको बडिगाड गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले देशीविदेशी तत्वहरुले षड्यन्त्र गरिरहेको बताउँदै अझै प्रतिगमनको खतरा नटरेको बताए। संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउँदै संविधानको रक्षाका लागि दलका शीर्ष नेताहरू एक ठाउँमा उभिएको उनको भनाइ थियो। देश विदेशी शक्तिहरु गठबन्धनलाई भत्काउन विभिन्न तरिकाले लागि परेको उनले बताए । ‘संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउन वाम लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिएका छौं,’ उनले भने, ‘देशी विदेशी शक्तिहरु गठबन्धनलाई भत्काउन विभिन्न तरिकाले लागे तर विफल भएका छन्।’
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्