नुवाकोटमा २८८ मतदान केन्द्र

बिहीबार, मंसिर १, २०७९
नुवाकोट–४ मङ्सिरमा हुने प्रदेश तथा संघीय चुनावका लागि नुवाकोटमा मतदानस्थल र मतदान केन्द्र कायम गरिएको छ । सुरक्षा निकायले मतदानस्थलको स्थलगत निरीक्षण तथा अनुगमन गरिरहेको छ । १२ स्थानीय तह रहेको नुवाकोटमा १३२ मतदानस्थल कायम गरिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । जसमध्ये २८८ वटा मतदान केन्द्रहरू निर्धारण भएका हुन् । नुवाकोटमा ३ जना तेस्रो लिंगीसहित २ लाख ३९ हजार हजार ७२६ मतदाता छन् । यीमध्ये १ लाख २३ हजार ९४१ जना पुरुष रहेका छन् भने १ लाख १५ हजार ७८२ महिला रहेका छन् । प्रतिनिधि सभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ नुवाकोटमा २ निर्वाचन क्षेत्र रहेको छ भने पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत नै प्रदेशसभातर्फ ४ वटा निर्वाचन क्षेत्र कायम छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्