केपी ओलीको नागरिक संवाद सुरु

बिहीबार, मंसिर १, २०७९
काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग फोनमा कुराकानी गर्न सुरु गरेका छन् । ओलीसँग कुरा गर्न नम्बर टिपाएका सर्वसाधारणमध्ये गोला तानेर परेका नम्बरमा फोन गरेर ओलीले कुराकानी गरेका हुन् । मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै ओलीले नागरिकसँग प्रत्यक्ष संवाद थालेका हुन् । शुक्रबार ओलीले पार्टी कार्यालय च्यासलबाट सर्वसाधारणसँग आगामी चुनावलगायत समसामयिक विषयमा कुराकानी गरेको उनको सचिवालयले जनाएको छ । ओलीसँग कुराकानी गर्न एक लाख ७१ हजार सात सय ८३ जनाले नाम र नम्बर टिपाएका थिए । ओलीले मंगलबार फेसबुक मार्फत ‘कल केपी बा’ नाम दिइएको आफ्नो फोटोसहितको पोष्टर शेयर गर्दै कात्तिक ४ गते जनतासँग टेलिफोनमा कुरा गर्ने बताएका थिए । ‘मसँग कुरा गर्न शुक्रबार दिउँसो १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ । यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद!’, ओलीले भने, ‘धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको छ । हाम्रो कुराकानी हुनेछ । हामी तयार छौं नि?’  
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्