प्राइम मिनिस्टर कप क्रिकेट : यस्तो छ खेल तालिका

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं– कात्तिक १३ गतेदेखि काठमाडौंमा हुने प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमको सहभागिता रहने छ । समूह ‘ए’मा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । यस्तै समूह ‘बी’मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश १ छन् । हरेक समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा र मुलपानी क्रिकेट मैदानमा गरेर दैनिक दुई खेल हुने क्यानले जनाएको छ । फाइनल खेल २६ कात्तिकमा हुने छ । पहिलो दिन एपीएफ र आर्मीबीच कीर्तिपुरमा तथा मुलपानी मैदानमा पुलिस र बागमतीबीच खेल हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०३
प्रतिक्रिया दिनुहोस्