पाकिस्तानमा एसिया कप नखेले भारतमा हुने विश्वकप पाकिस्तानले नखेल्ने

शुक्रबार, मंसिर ९, २०७९

एजेन्सी । पाकिस्तानमा आगामी वर्ष हुने एसिया कप भारतले नखेले भारतमा हुने विश्वकपमा पनि पाकिस्तान सहभागिता नहुने चेतावनी दिएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पाकिस्तानमा हुने एसिया कपमा भारत सहभागी नहुने धारण सार्वजनिक भएसँगै पाकिस्तानले पनि भारतमा हुने विश्वकपमा सहभागी नहुने बताएको हो ।

बीसीसीआई सचिव जय शाहले एसिया कपमा भारत तटस्थ स्थानमा खेल्न चाहेको बताएपछि पाकिस्तानले मंगलबार भारतमा अर्को वर्ष हुने विश्वकप प्रतियोगिताबाट बाहिरिने चेतावनी दिएको हो।

पूर्व निर्धारित समय तालिकाअनुसार एसिया कप पाकिस्तानमा हुने र यो निर्णय एसियाली क्रिकेट काउन्सिल (एसीसी)को कार्यकारी समितिमा रहनेछ।

यसैबीच पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष रमीज राजा भारतमा हुने एक दिवसीय विश्वकप क्रिकेट पाकिस्तानले नखेल्ने बताएका छन्।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार जय शाहको पछिल्लो भनाई पछि पाकिस्तान ५० ओभरको आईसीसी विश्वकपबाट बाहिरिने विकल्प हेरिरहेका छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०४
प्रतिक्रिया दिनुहोस्