नवौं राष्ट्रिय खेलकुद : पुरुष स्क्वासमा गण्डकीलाई स्वर्ण

शुक्रबार, मंसिर ९, २०७९
पोखरा–नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्क्वास पुरुष व्यक्तिगत विधामा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ । सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको प्रतिस्पर्धामा गण्डकीका अमृत थापामगरले बागमतीका अह्रान्त सिम्हालाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । थापाको यो ह्याट्रिक पदक हो । उनले सातौ, आठौंमा समेत स्वर्ण पदक जितेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा थापाले १२–१० मा लिदैं अगाडि बढे। दोस्रो सेटमा ८–११ ले गुमाए। तेस्रो सेटमा १२–१० स्कोरमा लिएर २–१ को सेटमा रहे । तर चौथो सेटमा ९–११ मा पराजित भएपछि निर्णायक सेटमा थापाले ११–८ ले लिदैं स्वर्ण पदक जिते । बागमतीका अमीर ब्लोन र गण्डकीका दिपक थापाले कास्य पदक जिते ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार