सत्ता गठबन्धनले भोली ललितपुरमा प्रशिक्षण गर्दै

बिहीबार, मंसिर १, २०७९
काठमाडौं–सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । महालक्ष्मीस्थानस्थित पार्टी प्यालेसमा दिउँसो १२ः१५ बजे संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिने छ । प्रशिक्षण कार्यक्रमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री तथा माओवादीकी उपहासचिव पम्फा भुषाललगायतले प्रशिक्षण दिने तयारी छ । संसदीय निर्वाचनलाई लक्षित गरेर सत्ता गठबन्धनले सातवटै प्रदेशमा संयुक्त प्रशिक्षण एवम् चुनावी सभा गर्ने कार्यतालिका बनाएको छ । कार्यक्रममा सत्ता गठबन्धनआबद्ध सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता सहभागी हुनेछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्