डडेल्धुरामा एमाले उम्मेदवारविहीन

बिहीबार, मंसिर १, २०७९
डडेल्धुरा–डडेल्धुरामा नेकपा (एमाले) उम्मेदवारविहीन बनेको छ । एमालेले प्रतिनिधिसभातर्फको उम्मेदवारी नदिएपछि डडेल्धुराको राजनीति माहोलले कोल्टे फेरेको छ । प्रतिनिधिसभा सदस्यतर्फ एमाले डडेल्धुरा उम्मेदवारविहीन भएपछि त्यसको फाइदा सत्ता गठबन्धनले उठाएको हो । एमालेका नेताहरूले आन्तरिक सहमति जुटाउन नसकेपछि पार्टीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार छनोट गर्न नसकेको हो । एमालेका केन्द्रीय नेताहरूसँग एमाले र कांग्रेस (बिपी)बीच चुनावी तालमेल गर्ने मौखिक सहमति भएको थियो । तर, जिल्ला कमिटीको आन्तरिक सहमति बन्न सकेन । पूर्वराष्ट्रियसभा सदस्य चक्र स्नेहीलाई अघि सारेर मनोनयन दर्ता गरे पनि एमालेले कांग्रेस (बिपी)सँग तालमेल गर्ने भन्दै मनोनयन फिर्ता लिएर अनिर्णयको बन्दी बनेको छ । १ जना प्रतिनिधिसभा सदस्य र २ जना प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा एमालेले प्रदेश (क) मा प्रदेशका पूर्वपूर्वाधार विकास मन्त्री पठामनसिंह बोहरा र प्रदेश (ख) मा गजेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाउँदै घरदैलो कार्यक्रम थालेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्