कैलाली २ मा त्रिपक्षीय भिडन्त, यस्तो छ अवस्था 

बिहीबार, मंसिर १, २०७९
कैलाली – कैलाली जिल्लाको पूर्वी क्षेत्र, क्षेत्र नम्बर २ मा आसन्न निर्वाचनका लागी त्रिपक्षीय भिडन्त हुने देखिएको छ । २०७४ सालमा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य झपट रावल यस पटक दोहोरिन खोजिरहेका छन्, भने सत्ता गठबन्धनबाट माओवादीका भगत बडुवाल र नागरिक उन्मुक्तिका अरुण चौधरी बिच त्रिपक्षीय भिडन्त हुने आकलन गरिएको छ । तिनै उमेदवारहरूले आ आफ्नो जित सुनिश्चित गर्दै चुनावी अभियानमा लागेका छन् ।  कैलाली क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनले २०६४ सालको संविधानसभा निर्वाचनमा बिजयी भएका माओवादीका भगत बडुवाललाई प्रतिनिधिसभा सदस्यका लागी उममेदवार बनाएको छ । नेकपा एमालेले २०७४ सालको निर्वाचनमा बिजयी भएका झपट रावललाई दोहोर्‍याएको छ ।  केही महिना अघि मात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले भने काङ्ग्रेसबाटै प्रवेश गरेका अरुण चौधरीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । यहाँ त्रिपक्षीय भिडन्त निकै रोचक हुने हुने देखिएको छ । दुईजना पूर्व माननीय एमाले र गठबन्धन लाई जनताले टेष्ट गरि सकेकाले यसपालि वैकल्पिक रुपमा जनताले चाहेको परिवर्तन ल्याउन आफूलाई भोट हाल्ने नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी बताउँछन् ।  यता एमाले बाट फेरि दोस्रो कार्यकालका लागि संघीय सांसदको पदमा उम्मेदवारी दिएका झपट रावल आफूले जनताको पक्षमा काम गरेकाले र यश क्षेत्रको आवाज संसद्‌मा पुगाएको र अझै विकास गर्न र यो पछाडि परेको ठाउँ लाई समृद्धि बनाउन उम्मेदवारी दिएको बताए । यता गठबन्धनका साझा उम्मेदवार भगत बडुवाल मुक्ति २०६४ सालमा जसरी जनताहरूले आफू लाई भोट हाले तस्तै गरि अहिले काम गर्ने अवसर दिनेमा ढुक्क देखिन्छन् । कैलाली क्षेत्र नम्बर २ मा अहिले नेकपा एमाले ह्याट्रिक गर्ने दाउमा छ । अन्य दलहरू भने एमालेलाई ह्याट्रिक गर्न रोक्ने रणनीतिमा छन् । क्षेत्र नम्बर २ मा बर्दगोरिया गाउँपालिका र लम्की चुहा नगरपालिकाको पुरै क्षेत्र पर्दछ । यस क्षेत्रमा मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ बाहेकका सबै वडा र जानकी गाउँपालिकाको वडा नम्बर २, ५, ८ र ९ पर्दछन् । स्थानीय तह निर्वाचनको मत परिणामअनुसार लम्की चुहाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएका छन् ।  बर्दगोरियाको प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी विजयी भएका छन् । यहाँ पर्ने जानकीका चार वडामध्ये तीन वटामा एमाले विजयी भएको छ । त्यस्तै मोहन्याल गाउँपालिकाको ६ वडामध्ये तीन वटामा कांग्रेस, २ वटामा माओवादी र एक वटामा एमाले विजयी भएको थियो । यहाँका वडाध्यक्षले पाएको मतअनुसार नेकपा एमाले अगाडि छ । यहाँ एमालेले १७ हजार ८३४ मत पाएको छ । कांग्रेसले १३ हजार ८२० मतसहित दोस्रो स्थानमा छ । माओवादीले ८ हजार ७२४ मत पाएको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ५ हजार २४३, राप्रपाले २ हजार ४०७ र नेकपा एकीकृत समाजवादीले २ हजार ३०६ मत पाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्