कांग्रेसद्वारा निर्वाचन परिचालन समिति गठन (सूचीसहित)

बिहीबार, मंसिर १, २०७९
काठमाडौं-नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन परिचालन समिति गठन गरेका छन् । देउवाले मंसिर ४ गते हुने निर्वाचनका लागि केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन समिति गठन गरेका हुन् । कांग्रेसको विधान अनुसार देउवाले आइतबार ११० सदस्यीय ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय परिचालन समिति’ गठन गरेका हुन् । समिति सदस्यमा डा. रामशरण महत, प्रकाशशरण महत, मीन विश्वकर्मा, लक्ष्मी परियार, उमा रेग्मी, दिल संग्रौलासहित ११० सदस्य रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्