झुटकाे खेती गरेर मत माग्न थालियाे : भट्टराई

बिहीबार, मंसिर १, २०७९
काठमाडौँ – नेकपा एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले एमालेले गरेका कामलाई अरू दलले आफूले गरेको भनेर प्रचार गरिरहेको बताएका छन् । शनिवार काठमाडौँमा क्षेत्र नम्बर ४ को निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा भट्टराईले झुटको खेतीको गरेर मत बटुल्ने काम नगर्न अरू दललाई सुझावसमेत दिए । काठमाडौँको कमलपोखरी बनाउन रोक्न सक्रिय हुनेहरूले नै एमालेले बनाएको कमलपोखरीलाई देखाएर मत बटुल्ने प्रयास भएको उनको भनाई छ । उनले काठमाडौँ ४ मा एमालेबाहेक अरू कसैले विकास गर्न नसकेको दाबी पनि गरे । जनसहभागितालाई बढाएर अपुरा कामलाई पुरा गर्ने उनको भनाइ छ ।  प्रतिनिधिसभा र प्रदेशसभाबाट राष्ट्रिय रूपमा जनतामाझ पुगेर मुलुकको विकास गर्नुपर्ने उनको भनाई छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्