सटपुटमा पुलिसकी चन्द्रकलालाई स्वर्ण पदक

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ – नवौं राष्ट्रिय खेलुकदअन्तर्गत एथ्लेटिक्सको महिला सटपुटमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेकी छिन् । पोखरा रंगशालामा शनिबार भएको खेलमा १२.४० मिटरको दूरीसहित एथ्लेटिक्समा पुलिसलाई पहिलो स्वर्ण जिताएकी हुन् । १०.८३ मिनेटसहित लुम्बिनी प्रदेशकी संगिता अधिकारीले रजत पदक जितिन् । ९.८६ मिटर दूरीसहित पुलिसकै बसन्ती चौधरीले काँस्य पदक जितेकी छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१९
प्रतिक्रिया दिनुहोस्