यस्तो छ विश्वकप फुटबलको खेल तालिका

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं–फिफा विश्वकप २०२२ सुरु हुन अब ३९ दिन मात्र बाँकी छ । यसपटकको विश्वकप कतारमा हुँदैछ । फुटबल विश्वकप पहिलोपटक खाडी मुलुकमा हुन लागेको हो । कतार विश्वकपको पहिलो खेल नोभेम्बर २० मा आयोजक मुलुक कतार र इक्वेडरबीच हुनेछ । यो खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । उद्घाटनको दिन एउटा मात्र खेलको तालिका छ । विश्वकपमा समूहचरणका खेल डिसेम्बर २ सम्म हुनेछन् । त्यसपछि अन्तिम १६ का खेल हुनेछन् । अन्तिम १६ का खेल डिसेम्बर ६ मा सकिनेछ । क्वार्टरफाइनलका खेल डिसेम्बर ९ र १० मा हुनेछ । सेमिफाइनल खेल डिसेम्बर १४ र १५ मा हुनेछ । विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०४
प्रतिक्रिया दिनुहोस्