एएफसी यू-१७ एसियन कप छनोट: नेपाल थाइल्यान्डसँग ३-० गोलले पराजित

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– नेपालले एएफसी यू–१७ एसियन कप छनोट खेलमा खराव सुरुवात गरेको छ । भियतनाममा बुधबार देखि सुरु भएको समूहको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३–० गोलले पराजित भयो । भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा भएको खेलमा पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो । थाइल्यान्डको जितमा तोन्तावान पुन्तामुनीले दुई तथा थानाकृत जाम्पालीले एक गोल गरे । तोन्तावानले ३५औं र ६५औं मिनेटमा गोल गरे। थानाकृतले ७८औं मिनेटमा एक गोल गरे। खेलभर थाइल्यान्डको दबाब झेलेको नेपालले गोल फर्काउन सकेन । छनोट खेलमा नेपाल समूह एफमा छ । यस समूहमा नेपालसँगै थाइल्यान्ड, आयोजक भियतनाम र चाइनिज ताइपेई छन् । नेपालले अब दोस्रो खेल शुक्रबार भियतनाम र अन्तिम खेल आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । समूहको शीर्षटोली एसियन कपमा छनोट हुनेछ । यसैगरी उत्कृष्ट ६ उपविजेता टोली पनि छनोट हुनेछन् ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०३
प्रतिक्रिया दिनुहोस्