म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं-वुल्भरह्याम्पटन वान्डरर्सलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा वुल्भरह्याम्पटनलाई उसैको मैदानमा ३–० ले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो । सिटीको जितमा ज्याक ग्रेलिस, अर्लीङ ब्रट हाल्याण्ड र फिल फोडेनले एक एक गोल गरे । खेलको पहिलो मिनेटमै ग्रेलिसले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । १६ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । त्यसपछि ६९ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई ३–० को जित दिलाए । खेलको ३३ औं मिनेटमा नाथन कोलिन्सले रातो कार्ड पाएपछि वुल्भरह्याम्पटन १० खेलाडीमा समेटियो । जितसँगै म्यान्चेस्टर सिटी ७ खेलबाट १७ अंक जोड्दै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । वुल्भरह्याम्पटन ६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१६
प्रतिक्रिया दिनुहोस्