नेभिगेशन
जीवनयापन

पूर्वराष्ट्रपति रामवरण यादवले भने– कांग्रेस राम-राम भन्ने बेला भइसकेको छ

काठमाडौँ- पूर्वराष्ट्रपति डा.रामवरण यादवले नेपाली कांग्रेसलाई राम-राम भन्ने बेला भइससकेको बताएका छन्। आज बिहीबार काठमाडौँमा भएको बीपी साहित्य सम्मान एवम् बीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीपी, गणेशमान, किसुनजी, गिरिजा जस्ता गदगद् हुेन कांग्रेस अहिले राम-राम भन्ने बेलामा पुगेको बताएका हुन्। ‘बीपी, गणेशमान, किसुनजी, गिरिजा जस्ता महापुरुषको नाम सुन्दै गदगद हुन्छ, तर अहिले देशको अवस्था कस्तो छ? बिपीको एक गुण पनि हामीमा छैन। काँग्रेसीमा त हुनैपर्ने हो,' उनले भने, 'हामी कोहीमा छैन। कांग्रेसी त्यस्तो पुर्खा भएर पनि अहिले अंशबण्डा गरिरहेका छौँ हामी जनताको बीचमा जान पनि अरु पार्टीसँग मिलेर अंशबण्डा गरिरहेको छ। कांग्रेसको बारेमा राम-राम भन्ने बेला भइसकेको छ।’ उनले अहिलेका कांग्रेसीलाई पढ्न फुर्सद नभएको भन्दै व्यंग्य गरे। 'बीपीको जेल डायरी, बीपीको आत्मवृतान्त, बीपीले बोलेका राजनीतिका बारेमा विषयहरू कांग्रेसीलाई पढ्नलाई फुर्सद छैन। सोझै कांग्रेस छिर्छन्। किनकि, टिकट किन्नेलाई कांग्रेसी भनेको छ, कति वर्ष भइसकेको छ, कांसेसीमा लागेकालाई फुर्सद नै छैन' उनले भने, 'टिकट बेचिरहेको छ। सुन्नुभएको होला तपाईँहरूले समानुपातिकमा टिकट बिक्री भएको छ।' कांग्रेसमा संगठन बनाउन पसिना बगाउने भन्दा बढी चलखेल गर्नेले हालिमुहाली गरेको भन्दै यादवले चिन्ता व्यक्त गरे।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै