नेभिगेशन
जीवनयापन

डेङ्गुबाट कैलालीमा १२ वर्षीया बालिकाको मृत्यु

टीकापुर– डेङ्गुबाट कैलालीको टीकापुरकी एक बालिकाको मृत्यु भएको छ । टीकापुर नगरपालिका वडा नम्बर ६ आमवासाकी १२ वर्षीया बालिकाको मृत्यु भएको टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले जानकारी दिए । उनको उपचारका क्रममा बुधबार साँझ नै नेपालगंज भेरी अस्पतालमा मृत्यु भएको र आफूकहाँ आज मात्र खबर आएको संयोजक रावलले बताए । सिकिस्त बिरामी भएका कारण बालिकालाई १९ गतेदेखि भेरी अस्पतालको आइसियुमा उपचारका लागि भर्ना गरिएको थियो । यसअघि धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुका कारण मृत्यु भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै