नेभिगेशन
जीवनयापन

वर्षाको कारण गण्डकी र मधेश प्रदेशबीचको खेल रद्द

काठमाडौँ– मूलपानी क्रिकेट मैदानमा हुने भनिएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको गण्डकी प्रदेश र मधेश प्रदेशबीचको खेल वर्षाका कारण मैदान भिजेकाले रद्द भएको छ ।

खेल टस समेत नभई रद्द भएको हो । यता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भने एनआरएनए र सुदूरपश्चिम प्रदेशबीच खेल भइरहेको छ । उद्घाटन खेल भने ६ ओभरको हुनेछ ।

प्रतियोगिता अन्तर्गत नै बिहीबार थप दुई खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा बिहीबार हुने दोस्रो खेलमा बागमती प्रदेश र प्रदेश १ बीच खेल हुनेछ ।

मूलपानी मैदानमा हुने दोस्रो खेलमा लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश खेल्नेछन् । असोज २८ देखि कात्तिक ३ सम्म नवौं अन्तर्गत पुरुष क्रिकेट खेल अघि भएको हो । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एक एनआरएनएको टोली सहभागी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै