नेभिगेशन
जीवनयापन

सर्वोच्च अदालतकाे निर्णय प्रति कमल थापाको आक्रोश: फैसला दुर्भाग्यपूर्ण

काठमाडौँ– गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन्। चुनाव चिन्ह रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भएको उल्लेख गर्दै अध्यक्ष थापाले भने – चलखेल, दबाब र सेटिङले कसरी संवैधानिक अंगहरुलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण हो यो फैसला। सर्वोच्चका न्यायाधीशहरुले कसरी सर्वोच्चकै पुरानो फैसला उल्ट्याए भन्ने जवाफ दिनुपर्ने उल्लेख गर्दै उनले भने– उहाँहरुको अन्तर्आत्माले उहाँहरुलाई जीवनभर पोलिरहने छ। झण्डामा गाई राख्न पाईने चुनाव चिन्ह बनाउन नपाउनेरु निर्वाचन आयोग र अदालतको वाह! क्या गजबको निर्णय र न्याय अदालत र निर्वाचन आयोगलाई मेरो चुनौती छ– कुन कानुनले गाई चिन्ह नपाउने लेखेको छ? अदालतको फैसला मान्न बाध्यता रहेको र मान्ने उल्लेख गर्दै उनले भनेका छन्– देशमा एउटा बलियो राष्ट्रवादी हिन्दूवादी शक्ति बन्न नदिन तथा सनातन धर्म संस्कृति र परम्परा कमजोर बनाउन भइरहेको देशीविदेशी शक्तिहरुको सुनियोजित षड्यन्त्र अन्तर्गतकै एउटा कडी हो राप्रपा नेपाललाई गाई नदिने निर्णय। तर, हामी हतोत्साहित वा विचलित भएका छैनौ। अदालत, संवैधानिक अंग र राज्यव्यवस्थामा रहेका यस्ता विकृतिका पर्खालहरु भत्काएर अझ उच्च मनोबल, दृढता र सक्रियताका साथ अघि बढ्ने छौँ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्