अर्जुनको डेब्यु, केन्याविरुद्ध नेपाल फिल्डिङमा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– केन्याविरुद्धको तेस्रो टी–२० खेलमा नेपालले पहिलो फिल्डिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जित्दै ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो । पाँच खेलको टी–२० खेल अहिले १–१ को बराबरीमा छ । नेपाल दोस्रो खेल जित्दै सिरिजमा अग्रता लिने दाउमा छ । आयोक केन्या पनि नेपाललाई हराएर अगाडि बढ्ने तयारीमा छ । नेपाल पहिलो खेलमा पाँच विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो । यस खेलबाट युवा विकेटकिपर अर्जुन साउदले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । आज टोलीमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । ओपनर आसिफ शेख र बसिर अहमदलाई आराम दिइएको छ । अर्जुन साउदले डेब्युको मौका पाउँदा साहब आलमलाई पनि मौका दिइएको छ । डेब्युको मौका पाएका अर्जुनले यू–१९ टोलीबाट खेलिसकेका छन्।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:१५
प्रतिक्रिया दिनुहोस्