रियल मड्रिडका करिम बेन्जिमाले हात पारे ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं - स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले ‘यूईएफए प्लेयर अफ दि इयर’ को अवार्ड जितेका छन् । यूईएफए च्याम्पियन्स लिग फुटबलमा गएको सिजन उत्कृष्ट खेलाडी बन्दै बेन्जिमाले अवार्ड जितेका हुन् । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले हिजो बेन्जिमालाई अवार्ड प्रदान गरेको हो । बेन्जिमाले म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र रियलकै थिवाउट कोर्टुवालाई पछि पार्दै अवार्ड जित्न सफल भए । महिलातर्फको ’प्लेयर अफ दि इयर’ अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले प्राप्त गरेकी छन् । पुरुषको ‘कोच अफ दि इयर’ को अवार्ड रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले जितेका छन् । एन्सेलोटीले म्यानचेस्टर सिटीका पेप ग्वार्डीओला र लिभरपुलका योर्गेन क्लोपलाई पछि पारे । एन्सेलोटीले गएको सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:३३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार