पीएसजीको सहज जित

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं । प्रि(सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।

जापानमा शनिबार भएको मैत्रीपूर्णमा पीएसजीले जे लिग क्लब उरावा रेड डाइमण्डलाई ३–० गोल अन्तरले हराएको हो ।

पीएसजीलाई जित दिलाउन पाब्लो सराबिया, केलियन एमबाप्पे र अर्नौड कालिमुएन्डोले एक एक गोल गरे । खेलको १६ औं मिनेटमा सराबियाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

खेलको ३४ औं मिनेटमा एमबाप्पेले गोल गर्दा पीएसजीको अग्रता २–० को बन्यो । त्यसपछि खेलको ७६ औं मिनेटमा अर्नौडले गोल गर्दै पीएसजीलाई ३–० को जित दिलाए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२६
प्रतिक्रिया दिनुहोस्