नेपाली क्रिकेट टिम स्वदेश फिर्ता (तस्वीरहरू)

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– विश्वकप क्रिकेट लिग टू अन्तर्गत स्कटल्यान्डमा त्रिकोणात्मक श्रृंखला खेलेर नेपाली टिम स्वदेश फर्किएको छ । नामिबिया र स्कटल्यान्ड सम्मिलित सिरिजका चारमध्ये नेपालले एक खेल मात्र जितेको थियो । नेपालले स्कटल्यान्डसँगको पहिलो खेल जितेपनि नामिबियासँगका दुबै र स्कटल्यान्डसँगको दोस्रो खेलमा पराजित भएको थियो ।विश्वकप छनोट तथा एकदिवसीय मान्यताका लागि महत्वपूर्ण रहेको श्रृंखलामा नेपालको हारले नेपाललाई झट्का लागेको छ ।नेपालले लिग टूमा अझै १६ खेल बाँकी छन् । तीमध्ये अधिकांश खेल जित्न सके नेपालले एकदिवसीय वरियता जोगाउने तथा सम्भावना रहन्छ । जसमध्ये ८ खेल नेपालमै हुनेछन् । तर, समय कम भएकाले सबै खेल नहुन पनि सक्ने सम्भावना छ । यस्तोमा भएका जति खेलको नतिजाको आधारमा नेपालको भाग्य तय हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०३
प्रतिक्रिया दिनुहोस्