सुनको मूल्य तोलामा दुई सयले घट्यो

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको मूल्य ९३ हजार ६ सय रुपैयाँमा झरेको छ। तेजाबी सुनको मूल्य पनि ९३ हजार १ सय रुपैयाँमा आइपुगेको छ।

आइतबार चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ।

चाँदी प्रतितोला ११६० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:३२
प्रतिक्रिया दिनुहोस्