८ सयले घट्यो सुनको मूल्य

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ–नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुन ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । बिहिबार प्रतितोलामा एक हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ३५ रुपैयाँले घटेर एक हजार १४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०४
प्रतिक्रिया दिनुहोस्