नेपालकी सरिता श्रेष्ठले जितिन् अस्ट्रेलियामा कास्य

बुधबार, मंसिर ७, २०७९
काठमाडौं - अस्ट्रेलियाको मेल्बर्नमा नेपालकी सरिता श्रेष्ठले कास्य जितेकी छन् । श्रेष्ठले कोबे(ओसाका अस्ट्रेलिया कराते च्यायम्पियनसिपमा आइतबार कास्य जितेकी हुन् । महिला एकल कातामा सरिताले कास्य जितेकी हुन् । उक्त प्रतियोगितामा सरिताको प्रतिस्पर्धामा १३ खेलाडी सहभागी रहेका थिए । सरिताले तीन खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:३९
प्रतिक्रिया दिनुहोस्