एमालेको पालामा भएका राम्रा कामको स्वामित्व हाम्रो हो, ओलीको कुनै भूमिका थिएन : माधव नेपाल

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वृद्ध भत्ता, सामाजिक सुरक्षा र आफ्नो गाउँ आफैं बनाउँ जस्ता लोकप्रिय कार्यक्रमको स्वामित्व एमालेले लिन नपाउने बताएका छन् ।

विहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले एमालेको तत्कालीन ९ महिने सरकारको पालामा शुरु भएका लोकप्रिय कार्यक्रममा केपी ओलीको कुनै भूमिका नरहेको दावी गरे ।

नेपालले भने, ‘एमालेको ओली गुटले ती सबै कार्यक्रम हामीले गरेको भनेका छन् । उनको त भूमिका नै थिएन । मनमोहन अधिकारी, माधव नेपाल र भरतमोहन अधिकारीको भूमिका थियो । कुरालाई दावाका साथ तपाईहरुले तलसम्म भन्नुपर्छ ।’ एमालेको पालामा भएका राम्रा कामको स्वामित्व आफ्नो रहेको नेपालले बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्