चर्चित भरतपुरमा अर्को रोचक दृष्यः उम्मेदवारले ढोगे मतदाताको खुट्टा

बिहीबार, मंसिर १, २०७९

चितवन - यहि बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्र कसले उम्मेदवारी दिने भन्ने विषयमा चर्चामा आएको भरतपुर महानगरपालिकामा चुनावकै प्रसङ्गमा अर्को रोचक दृष्य देखिएको छ ।

चितवन भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार विजय सुवेदीले चुनावी प्रचारका क्रममा मतदाताको खुट्टा ढोगेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भरतपुरको पार्वतीपुरमा एमालेका मेयर उम्मेदवार सुवेदीलले ८३ वर्षका धनवल्लव न्यौपानेलाई खुट्टामा ढोगेका हुन् ।

‘१३ सालका एक मात्र कम्युनिष्ट नेता, सुवेदीलाइ राजनीति सिकाउने गुरु भएर खुट्टा ढोगेर सम्मान गरेको उनका स्वकीय सचिव सुरेश पौडेलले बताएका छन् । उनले आज बिहीबार पनि पदमपाणि सुवेदीको गोडा ढोगेको स्थानीयले बताएका छन् ।

मेयरका उम्मेद्वार सुवेदी भन्छन्, ‘जहाँ हुर्किएँ खेलें, उहाँ यहाँकै राजनीतिक अभिभावक हुनुहुन्छ । २०४१ सालमा विद्यार्थी आन्दोलनमा मलाई कुटपिट हुँदा समेत उहाँले संरक्षण गर्नुभयो । उहाँप्रति म सँधै श्रद्धा गर्छु । केही अगाडि उहाँ निकै बिरामी पनि हनुहुन्थ्यो । निको भएकाले आज मैले उहाँको आशीर्वाद लिने मौका पाएँ, त्यसैले श्रद्धाले खुट्टामा ढोग गरेको हुँ ।’

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्