उद्धव पौडेलले छाडे राप्रपा नेपाल

बिहीबार, मंसिर १, २०७९
काठमाडौँ— गोपीकृष्ण हलका सञ्चालक तथा निर्माता उद्धव पौडेलले राप्रपा नेपालका केन्द्रीय उपाध्यक्षको पदबाट राजीनामा दिएका छन्। उनले उनले साधारण सदस्यसमेत नरहने गरी बुधबार राजीनामा पत्र बुझाएका हुन्। पौडेल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए। राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएका थिए। चाबहिलका पौडेल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए। अध्यक्ष थापाले पौडेललाई गत फागुन १८ गते उपाध्यक्ष मनोनीत गरेका थिए।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्