कैलालीमा महिला सहभागीता न्युन

बिहीबार, मंसिर १, २०७९
कैलाली – कैलाली जिल्लाका १३ वटा पालिकाहरुमध्ये दुइजना महिलाको मात्रै प्रमुखमा उमेदवारी परेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिका बाहेक अन्य सबै स्थानिय तहको प्रमुखमा पुरुषहरुको मात्रै उम्मेदवारी परेको छ । नेकपा एमालेले कैलारी गाउँपालिकाको अध्यक्षका लागी महिलालाई अगाडी सारेको छ भने, सत्ता गठबन्धनबाट नेपाली काग्रेंसले लम्कीचुहा नगरपालिकाको प्रमुखमा महिलालाई अगाडी सारेको छ । अन्य स्थानिय तहमा एमालेले महिलाहरुलाई उप प्रमुखमै सिमित राख्यो तर सत्ता गठबन्धनले उप प्रमुखमा समेत पुरुषकै उमेदवारी दर्ता गरेको छ । जिल्लाको धनगढी उप महानगरपालिका, गोदावरी, घोडाघोडी, लम्की चुहा नगरपालिकामा सत्ता गठबन्धनले महिला उप प्रमुख बनाएको छ यस्तै चुरे र कैलारी गाउँपालिका बाहेक अन्य स्थानिय तहमा सत्ता गठबन्धनले उप प्रमुखमापनि पुरुषनै उम्मेदवार बनाएको छ । महिलालाई अवशरबाट बञ्चित गराइएपछि गठबन्धनभित्रै अशन्तुष्टि देखिएको नेपाली काँग्रेसकी नेतृ जागती बोगटीले बताईन् । महिलाहरुलाई कार्यकारी पदमा पुग्नै नदिने राजनितिक दलको परिपाटीका कारण महिलाहरु अगाडी बढ्न नसकेको सत्तारुढ दलकै नेताहरु बताउँछन् । संबिधानले दिएको अधिकार दिनबाट समेत राजनीतिक दल चुक्दा फेरी महिलाका अधिकार कुन्ठित हुन पुगेको नेपाली काँग्रेसकी नेतृ रत्ना विष्टको भनाई छ । वडा अध्यक्षमा दावी गर्ने महिलाहरुलाई वडा सदस्यमा झार्ने त प्रमुखमा दावी गर्नेलाई उप प्रमुखमा झार्ने राजनितिक दलको कामले महिलाहरु नेतृत्व तहमा कहिल्यै पुग्न नसक्ने बिश्लेश गरिन थालिएको छ । महिलाका अधिकार कुण्ठित गरेर दलहरुले संबिधाननै कुल्चिने काम गरेको महिला अधिकारकर्मी चित्रा पनेरुको दावी छ । राजनीतिक नेतृत्वले श्रीमती, छोरी, र छोरा हुँदा प्रमुख दिने तर अरुका छोरी श्रीमती हुँदा वडा सदस्य र उप प्रमुखमा झार्ने प्रबृतीले आम महिलाहरु निराश छन् । राजनिति गर्नका लागी नेतृत्वको छोरी वा श्रीमतीनै चाहिने प्रबृती हाबी हुँदासम्म आम महिलाले अधिकार नपाउने भन्दै दलकै बिरुद्धमा महिला नेतृहरु उत्रिन थालेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्