गगन थापाको ओलीमाथि कडा टिप्पणी - 'मुखमा अंगार भएकाले यस्तै बोल्छन्'

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमाले अध्यक्ष केपी ओलीमाथि कडा टिप्पणी गरेका छन् । बुधबार स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरूको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा नेता थापाले ओली मुखमा अंगार भएकाहरूले कालै बोल्ने बताए । स्थानीय तह निर्वाचनको घोषणापत्रबारे गरेको टिप्पणीप्रति लक्षित गर्दै नेता थापाले झुटको पर्दाफास गरेकोमा सन्किएको भन्दै मुखमा अंगार भएकाले यस्तो बोल्ने बताए । उनले भने - 'जसको मुखमा अंगार छ, उसले ओकल्ने कालैं हो । केपी ओलीले को कोलाई पागल भन्नुहुन्छ, केपी ओलीले झुट बोल्नुहन्छ, कोही आँट भएर तपाई झुट बोल्दै हुनुहुन्छ भन्नुभयो भने सनक्क सन्केर पागल भन्नुहुन्छ' ओलीलाई रिस उठ्यो भन्दैमा आफूले झुटको पर्दाफास गर्न नछोड्ने भन्दै थापाले स्वास्थ्यको ख्याल गर्न आग्रह गरे । उनले थपे 'उहाँलाई एउटा एडभाइस के हो भने बुढा बा धेरै सनक्क सन्किने गर्दा कहिलेकाहीँ शरीरलाई अप्ठ्यारो गर्ला । शरीरको ख्याल गर्नुहोला यो भन्दा धेरै भन्नु छैन' ओलीलाई लजिक नभई म्याजिक मन पर्ने थापाको आरोप छ । आफूले बनाएको घोषणापत्रमा लजिकको कुरा भएको दाबी गरे । ओलीले आफ्नो आइडियो चोरेको आरोप लगाएको भन्दै थापाले भने - 'मेरो आइडियो चोर्‍यो भन्नुभएको छ । मलाई पनि अहिले दौडधूप छ । उहाँलाई पनि चुनाव लागेर दौडधूप चलिरहेको छ । अलिकति भ्याएको बेलामा म बालकोटै गएर ट्युसन पढाउनेछु । '
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्