विप्लव नेतृत्वको नेकपाका नेताहरु सुदर्शन र कञ्चन पदमुक्त

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पार्टीका नेताहरु धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन) लाई पदमुक्त गरेका छन् । उनीहरुमाथि फुटपरस्त गतिविधि गरेको आरोप लगाउँदै विप्लवले पदमुक्त गरेका हुन् ।

विप्लव माओवादीमा स्थानीय चुनावलाई लिएर दुई धार देखिएको थियो । महासचिव विप्लव चुनावलाई उपयोग गरेर जानु पर्ने पक्षमा छन् भने बाँस्तोला र वली प्रत्यक्ष चुनावमा सहभागी हुन नहुने पक्षमा छन् । जसका कारण विप्लव समूह स्थानीय चुनावमा आधिकारिक रुपमा चुनावमा सहभागी भएको छैन ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्