आत्महत्या प्रयास गरेको भन्दै उम्मेदवारविरुद्ध उजुरी

बिहीबार, मंसिर १, २०७९

रुपन्देही - आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका बुटवल वडा नं. २ का वडाअध्यक्षका उम्मेदवार रमेश नेपालसहित नौं जनाविरुद्ध उजुरी परेको छ ।

वडाअध्यक्षमा उम्मेदवारी दिएका नेपाल गत चुनावमा एमालेबाट वडाअध्यक्ष निर्वाचित भएका थिए । २०७६ साल भदौ २१ गते नेपालले आत्महत्या गर्ने प्रयास गरेर अपराध गरेको तथा अख्तियारमा मुद्दा रहेको भन्दै उनीविरुद्ध उजुरी परेको छ ।

आत्महत्या गर्नु अपराध सरह हुने भन्दै स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार वडाअध्यक्षका उम्मेदवार नेपालविरुद्ध उजुरी परेको निर्वाचन कार्यालय स्रोतले जानकारी दिएको छ । यस्तै बुटवल उपमहानगरमा नेपालसहित पाँच जना वडाअध्यक्ष उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार