रियलमाथि सिटीको रोमाञ्चक जित

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस टोली म्यानचेस्टर सिटीले जित निकालेको छ । घरेलु टोली सिटीले गएराति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिडमाथि ४–३ को जित निकालेको हो । इतिहाद स्टेडियममा सिटीलाई जित दिलाउन केभिन डि ब्रुएन, गाब्रियल जेसस, फिल फोडेन र बर्नार्डो सिल्भाले एक-एक गोल गरे । रियलका लागि करिम बेन्जेमाले दुई तथा भिनिसियस जुनियरले एक गोल फर्काए । ब दोस्रो लेग चार मेमा रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१३
प्रतिक्रिया दिनुहोस्