आज र भोलि उम्मेदवारविरुद्ध परेको उजुरीमाथि छानबिन

बिहीबार, मंसिर १, २०७९

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा आज र भोलि छानबिन गर्ने भएको छ ।

आइतबार र सोमबार मनोनयन दर्ता भएकामा हिजो (मंगलबार) उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो ।

प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिए । आज र भोलि छानबिन गरेर आयोगले निर्णय पनि लिनेछ । आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने छ । निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

आयोगका अनुसार ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ । कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचन सो संख्यामा उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्