ओलीलाई विश्वप्रकाशले फर्काए कडा जवाफ - 'मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको सपना देखाउन कांग्रेसलाई आउँदैन'

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जमिनमा टेकेर गर्न सकिने कामहरू मन नपरेको बताएका छन् । मंगलबार शर्माले घोषणापत्र बारे एमाले अध्यक्ष ओलीलाई जवाफ फर्काउँदै सो कुरा भनेका हुन् । नेपाली कांग्रेसले जमिनमा टेकेर गर्न सकिने कामहरुमात्र घोषणापत्रमा उल्लेख गरेको भन्दै महामन्त्री शर्माले एमालेले जस्तो हावादारी घोषणापत्र तयार गर्न नसकिने बताएका छन् । एमाले घोषणापत्रलाई उडन्ते गफ जस्तो हावामा उडिरहने भएको उनले बताए । उनले लेखेका छन् - 'जिम्मेवार सपना त्यो होइन जो उडन्ते गफ जस्तो हावामा उडिरहन्छ, सपना त्यो हो जो जिम्मेवार ढंगले धरातलमा उभिन्छ ! ञजमिनमा टेकेर गर्न सकिने कामहरू मात्रै उल्लेख कांग्रेसको घोषणापत्र श्रद्देय केपी शर्मा ओली लाई मन परेन ठिकै छ। तर कम्तिमा बिषयको बहसमा आउन चाहेकोमा धन्यवाद छ उहाँलाई' शर्माले ओलीले मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको सपना देखाउन खोजेको भन्दै त्यसलाई उनले उडन्ते सपनाहरुको गफको पुलिन्दाको संज्ञा दिए । उनले भने - 'मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको सपना देखाउन मात्रै बाँकी राख्नु भएको छु उनले थपे माफ गर्नोस् श्रद्देय कमरेड ञउडन्ते सपनाहरुको गफको पुलिन्दाझलेख्न कांग्रेसलाई आएन '
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार