भरतपुर महानगरपालिकाको मेयरमा छोरी रेणुको उम्मेदवारी दर्ता गरेपछि काठमाडौं फर्किए प्रचण्ड

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं फर्किएका छन् । बैशाख ३० गते हुने स्थानीत तहको निर्वाचनको लागि भरतपुर महानगरपालिकाको मेयरमा पुन छोरी रेणु दाहाललाई उठाएपछि मंगलबार उनी काठमाडौं फर्किएका हुन् । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो पटक उठेकी रेणुले गठबन्धनबाट उम्मेदवारी दर्ता गराइसकेकी छिन् । गठबन्धनले भरतपुरको मेयर माओवादीलाई दिने निर्णय गरेपनि भरतपुर कांग्रेस भने असन्तुष्ट नै छ । स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वागी उम्मेदवार पनि परेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्