यसकारण चितवनमा गठबन्धनबाट बाहिरियो जसपा

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - चितवनबाट जनता समाजवादी पार्टी जसपा सत्ता गठबन्धनबाट बाहिरिएको छ । सत्तामा रहेको अन्य दलले आफ्नो पार्टीलाई महत्व नदिएको भन्दै जसपा गठबन्धनबाट बाहिरिएको हो । जसपाले गठवन्धनको बैठकमा आफुहरुलाई नबोलाई २९ वटै वडामा अध्यक्षसहित सदस्यहरूमा मनोमानी ढंगबाट बाँडफाँट गरेको आरोप लगाएको छ । सरकारमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धनको राजनीतिक महत्व, हैसियत र भावनाविपरीत काम गरेको जसपाले बताएको छ । आफ्नो पार्टीलाई महत्व नदिएपछि गठबन्धनबाट बाहिरिने निर्णय गरिएको एक नेताले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार